काठमाण्डु – प्रहरीले जुवातास खेल्दाखेल्दै कपिलवस्तु र भक्तपुरबाट २६ जनालाई पक्राउ गरेको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ बस्ने ३२ वर्षीय बिनोद हेलाको घरमा जुवातास खेलिरहेको अवस्थामा बिनोद समेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४ लाख ७५ हजार रूपैयाँ र ३ बूक ताससहित पक्राउ गरेको छ ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडे डायमण्ड चोकस्थित सिन्धुपाल्चोक घर भएका ४६ वर्षीय ढकल बहादुर तामाङको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा ढकल बहादुर समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४ लाख ५४ हजार रूपैयाँ र २५ बुक ताससहित पक्राउ गरेको छ ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया