ग्यारेजमा जुवातास खेल्ने तीन जना पक्राउ


काठमाडौं – काठमाडौंबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२ निल सरस्वतीस्थित भेकल ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा नुवाकोट घर भएका २४ वर्षीय हरिबोल सरौलासमेत ३ जनालाई १ बुक तास र नगद ८ हजार ३ सय २० रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement