ज्योति विकास बैंकको १३औं वार्षिकोत्सव सम्पन्न

ज्योति विकास बैंकको १३औं वार्षिकोत्सव सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ज्योति विकास बैंक लिमिटेडको १३औं वार्षिकोत्सव सम्पन्न भएको छ । कोभिड महामारीको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमल पोखरीस्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, बैंकका संस्थापक अध्यक्ष तथा शेयर धन ध्रुव उप्रेती र संस्थापक शेयर धनी तथा भुतपूर्व अध्यक्ष ध्रुवकुमार भट्टराईको उपस्थिति रहेको थियो । वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ ।

सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजना र्थस्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रका ‘न्यानोनानी’ परियोजना– २ को लागि सहयोग प्रदान गरेको छ । नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १२ वटा ‘न्यानोनानी’ बेबीवार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो ।

बैंकको तर्फबाट सञ्चालक समितिका सदस्य तथा बैंकको सामाजिक उत्तर दायित्व अन्तर्गतको कार्यक्रमहरु सञ्चालन गर्न निर्मित हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्रबहादुर नेपालीले राष्ट्रिय आविष्कार केन्द्रको ‘न्यानोनानी’ परियोजनाको लागि १०लाख २० हजार प्रदान गरेका थिए ।

कार्यक्रममा अध्यक्ष हरिप्रसादले मन्तव्य प्रस्तुत गर्दै बैंकको १३ वर्षको यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने सम्पूर्णको स्मरण गर्दै अबको यात्रामा पनि सोहि अनुरुपको सहयोग प्रदान गर्न आह्वान गरे । साथै अध्यक्ष प्रसादले बैंकले समाजमा उद्यमी क्षमताको विकास गर्न सधै क्रियाशील रहने र समाज तथा नागरिकबाट प्राप्त सुझावहरुलाई अनुसरण गरि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनले नेपाललाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन उद्यमशीलता विकास गर्नुपर्ने, त्यस्तो उद्यमशीलता प्रवर्द्धन गर्न राष्ट्रिय आविष्कार केन्द्रले प्रयास गरिरहेको र त्यस्तो प्रयासलाई प्रोत्साहन गर्दै ज्योति विकास बैंकले गरेको सहयोग उदाहरणीय रहेको विचार व्यक्त गरे ।

१३ औंवार्षिकोत्सवको अवसरमा बैंकले ‘ज्योति परिवर्तनकारी कर्जा’ नामक कर्जा योजना सार्वजनिक गरेकोछ। उद्यमशील समाजको परिकल्पना गर्दै साना तथा मझौला व्यवसायलाई समेत समेट्न बैंकले उच्चतम धितो मुल्यांकन तथा न्युनतम कागजात सहितको ज्योति परिवर्तनकारी कर्जा नागरिकहरुको लागि ल्याएको हो ।

वार्षिकोत्सवकै अवसरमा बैंकले शुन्य मौज्दातमा बचत, डिम्याटर मेरो शेयर एउटै खातामा ३ सुविधा भएको ज्योति smart savings  खाता तथा ज्योति Contanctless Card पनि सार्वजनिक गरेको छ ।

सोहि अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ । सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद, प्रमुखकार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा नायब महाप्रबन्धक सुशीलकुमार शर्माले संयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदर पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंकले आफ्नो मूल उद्देश्य, दूरदृष्टि, ध्येय र मुल्यमा न्यताहरुको अधीनमा रहि बैंकलाई सुदृढ, सशक्त र जीवन्त संस्थामा विकसित गर्दै समस्त नागरीकको जीवनमा समृद्धि ल्याउन निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।