ज्योति विकास बैंकद्वारा बेनी अस्पताल र बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई ‘बेबी वार्मर’ प्रदान


काठमाण्डु – ज्योति विकास बैंकले सामाजिक उत्तर दायित्व सम्बन्धि ‘हाम्रो विकास प्रबर्द्वन कोष’ बाटबेनी अस्पताल, बेनी नगरपालिका वडा नं. ८ – म्याग्दी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, ढोरपाटन नगरपालिका वडा नं. १– बाग्लुङलाई एक–एक थान बेबीवार्मर प्रदान गरेको छ ।

बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्यमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्त रुपमा सो बेबीवार्मर प्रदान गरिएको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।

बेनी अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बेनी शाखाका शाखा प्रबन्धक दिपेन्द्र शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप के.सीद्वारा संयुक्त रुपमा बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट ब्राण्डिङ तथा कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख कुशल जगं अधिकारी र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँद्वारा संयुक्त रुपमा अस्पताल संचालक समितिकी सदस्य सीता कंडेल र डा.मिलन मल्ललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन् ।

बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत त्राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल– कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल – नवलपुर, महाकाली अञ्चल अस्पताल – कञ्चनपुर, प्युठान जिल्ला अस्पताल–प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र– महोत्तरी, आम्दा अस्पताल–झापा, जिल्ला अस्पताल–खोटाङ्ग,सामरी स्वास्थ्य चौकी– सामरी, बेनी अस्पताल–म्याग्दी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र– बाग्लुङलाई एक–एकथान बेबी वार्मर प्रदान गरि हालसम्म जम्मा १० वटा बेबी वार्मर प्रदान गरिसकेको छ ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तर दायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ ।

बैंकले १२ औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्दित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा ‘न्यानो–नानी’ बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि ८ लाख प्रदान गरेको थियो।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाखभन्दा बढि खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीहरुलाई करिब ३७ अर्ब लगानी गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस