काबुलमा विस्फोट चारको मृत्यु ९० घाइते


काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ९० जना घाइते भएका छन् । घाइते भएकामा २३ जना बालबालिका पनि रहेका बताइएको छ । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले यस विस्फोटमा भएको हतहताको पुष्टि गरेका छन् ।

काबुलमा सोमबार साँझ भएको एक विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको छ– उनले बताएका छन् । विस्फोटबाट मारिएका ती व्यक्तिहरुमा तीन जना सैनिक र एक सर्वसाधारण रहेका छन् । सो विस्फोटमा परी २३ जना बालबालिकासहित ९० जना घाइते भएका छन् । घाइते भएकामा १२ महिला जना महिला पनि रहेका बताइएको छ । घाइते भएकामा पनि प्रायः सबैजना सार्वसाधारण नागारिक नै रहेका उक्त समाचारमा जनाइएको छ ।

सोमबार भएको यस विस्फोटको करिब एक घण्टापछि दानिसले गरेकाे ट्वीटमा यो जानकारी दिनु भएको हो । यस घटनामा संलग्नताको आशंकामा केही व्यक्तिलाई पक्राउ पनि गरिएको दानिसले बताएका छन् ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर पनि यसअघिका यस्तै आक्रमणहरुमा तालिबान र इस्लामिक स्ट्टेस जस्ता लडाकू समूहको हात रहदै आएकोले यस आक्रमणमा पनि तिनै समूहको हात भएको प्रहरीको अनुमान रहेको छ ।
काबुल आक्रमणको जिम्मेवारी तालिबानले लियो

यसैबीच प्राप्त अर्को एक समाचारमा अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ गराइएको बम विस्फोटको जिम्मेवारी तालिबान लडाकू समूहले लिएको छ । काबुलका सोमबार साँझ भएको एक विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनको साथै अन्य ९० जना घाइते भएका छन् । स्थानीय समयानुसार सोमबार साँझ ७ बजे शक्तिशाली विस्फोटक पदार्थ विस्फोट गराई ती व्यक्तिको हत्या गरिएको थियो । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement