काबुल स्ट्राइकमा निर्दोष नागरिक मारिएपछि अमेरिकाले माग्यो माफी


काबुल – संयुक्त राज्य अमेरिकाले अफगानिस्तानको काबुल एयरस्ट्राइकमा निर्दोष नागरिक मारिएको भन्दै क्षमायाचना गरेको छ ।अमेरिकी रक्षामन्त्री लायड अस्टिनले अफगानी नागरिकको मृत्युप्रति माफी मागेका हुन् ।

तालिवानले अफगानिस्तान कब्जामा लिएपछि २६ अगस्टमा भएको आत्मघाती हमलामा १३ अमेरिकी सैनिकसहित दुई सय जना मारिएका थिए । आईएसआईएस–केले जिम्मेवारी लिएको हमलापछि अमेरिकाले जवाफी कारवाहीअन्तर्गत ड्रोन हमला गरेको थियो ।

हमलामा काबुल हमलाका मास्टरमाइण्ड मारिएको अमेरिकाले दाबी गरेको थियो । तर उक्त एयरस्ट्राइकमा निर्दोष नागरिक मारिए भन्दै चौतर्फी प्रश्न उठेको थियो । यसमा जाँचबुझ गरेको अमेरिकाले गल्ती स्वीकार्दै माफी मागेको हो ।

अमेरिकी रक्षा मन्त्रालयले जाँचपछि आतंकवादी नभई निर्दोष नागरिक मारिएको पाइएको जनाएको छ । अमेरिकी सेन्ट्रल कमाण्डका कमाण्डर जनरल केन्नथ मेकेंजीले स्ट्राइक एक दुःखद गल्ती भएको बताएका छन् ।

२९ अगस्टमा अमेरिकी ड्रोन हमलामा ७ बालबालिकासहित १० जना मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement