ज्याक माले दिएको २० हजार किट र एक लाख बढी मास्क चिनियाँ दूतावासद्धारा नेपाललाई हस्तान्तरण


काठमाडौं – चीन र एसियाकै धनी भएका अलिबाबा फाउन्डेसनका संस्थापक ज्याक माले दिएको एक लाख बढी एन–९५ मास्क नेपाल आइपुगेको छ । नेपालस्थित चिनियाँ दूतावासले उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

ज्याक मा फाउन्डेसनले दिएको सामग्री नेपाल सरकारलाई प्राप्त भएको स्वास्थ्य मन्त्रालयका अधिकारीले समेत पुष्टि गरेका छन् । ज्याक माले दिने भनिएका अन्य स्वास्थ्य सामग्री पनि क्रमशः आउने क्रममा रहेको ती अधिकारीले बताएका छन् । ज्याक माले दिएका मास्कको मूल्य १० लाख ८४ हजार एक सय ६४ युआन (एक करोड ८३ लाख ८४ हजार रुपैयाँ)रहेको छ ।

मास्कसँगै ज्याक माले कोरोना परीक्षण गर्ने किट पनि नेपाल पठाएका छन् । उनले पठाएका २० हजार ६४ वटा किट पनि नेपाल आइपुगेका छन् । ती किटको मूल्य ९ लाख १४ हजार ६ सय ९१ युआन (एक करोड ५५ लाख १० हजार रुपैयाँ) पर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement