कागेश्वरी मनोहरामा कांग्रेसको प्रारम्भिक अग्रता


काठमाण्डु – कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ। स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना आज बिहान २ बजेदेखि सुरु भएको हो।

वडा नं १ को ३०० मत गन्दा कांग्रेसका नगर प्रमुख उपेन्द्र कार्कीसहित वडाध्यक्ष र सदस्यमा पनि प्रारम्भिक नेतृत्व लिएको निर्वाचन अधिकृत शारदा राउतले राससलाई जानकारी दिए।

उपप्रमुखमा नेकपा एमालेका शान्ता थापाले नेतृत्व लिएका छन्। नगरपालिकामा कांग्रेस नेकपा माओवादी केन्द्रको गठबन्धन चुनाव लडेको थियो। एमाले र नेकपा एकीकृत समाजवादी भने छुट्टाछुट्टै निर्वाचन लडेका थिए।

नौवटा वडा रहेको नगरपालिकामा ३५ हजार ४९३ मतदाता छन्। जसमध्ये २६ हजार ९२८ मत खसेको थियो। यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमाले विजयी भएको थियो। एमालेबाट विजयी कृष्णहरि थापा समाजवादीमा लागेका छन्। उनी यो निर्वाचनमा पनि समाजवादीबाट प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement