सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका चौधरीको दाबी पेश, एमाले र माओवादीको समर्थन


काठमाण्डु – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसद कैलाश चौधरीले दाबी पेश गरेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा चौधरीले दाबी पेश गरेका छन् । उनले माओवादीका ११, एमालेका १०, नाउपाका ७ र स्वतन्त्र १ सांसदको समर्थन रहेको जनाएका छन् ।

सांसद कैलाश नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर मानिन्छन् ।

यसअघि नाउपाकै सांसद लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । उनले नेपाली कांग्रेसका १८, नाउपाका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसदको समर्थन रहेको भन्दै दाबी पेश गरेका छन् । लक्ष्मण नाउपामा संरक्षक रेशम चौधरीका पक्षधर मानिन्छन् ।

कूल ५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement