बजार अनुगमन गर्ने कालीमाटी गएकाे सरकारी टाेली व्यापारीकाे कब्जामा


काठमाडाैं– कालीमाटीस्थित तरकारी बजार अनुगमन गर्न गएको सरकारी टोली एक घण्टा व्यापारीकाे कब्जामा परेर छुटेका छन्। पछिल्लाे समय तरकारीमा बिचाैलिया हावी भएपछि सरकारी टाेली अनुगमनका लागि तरकारी बजार पुगेका हुन् ।

तरकारीमा विचौलिया हाबी हुँदा देशैभरीका तरकारी किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्। विचाैलिया हावी भएपछि सरकारी टाेली छड्के चेकजाँच गर्न कालीमाटी बजार पुगेको थियो । कालीमाटीका व्यापारीले सरकारी अनुगमन टोलीलाई पटक पटक अबरोध गर्दै आएका छन्।

अबराेध गर्ने व्यापारीलाइ कारबाही हुन्छ   प्रवक्ता नवराज ढकाल

कालीमाटी बृतवाट प्रहरी परिचालन भएपछि व्यापारीहरूले सरकारी टाेलीलाइ छोडेको थियो । आपुर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले अनुगमनमा अबरोध गर्ने ब्यापारीलाई कारवाही गरिने बताए । उनका अनुसार बजार अनुगमनमा अबराेध गर्ने व्यापारीकाे पहिचान गरेर कारबाही प्रक्रिया अगाडी बढाइने छ ।  सोमबार विहान ३ बजे बजार अनुगमन गर्न गएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोलीलाई ब्यापारीले थुनेका थिए ।

बिलविजक नभएकाे दुइ ट्रक तरकारी नियन्त्रणमा

अनुगमनका क्रममा काक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट बिल र कागजातमाग्दा नपाएपछि दुबै गाडीलाई नियन्त्रणमा लिएको थियो । उपत्यका बाहिरबाट फर्सी र काक्रो लिएर आएका दुई ट्रकसँग बिलविजक लगायतका कागजात नभेटिएपछि विभागको अनुगमन टोलीले सोमबार बिहान नियन्त्रणमा लिएको थियाे ।

प्रतिक्रिया दिनुहोस
Advertisement