राप्रपा अध्यक्ष कमल थापा र नेतृ कुन्ती शाहीमाथी केन्द्रिय सदस्य गिरीले लगाईन यस्तो आरोप


काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रिय सदस्य विन्द्रा गिरीले आफ्नै पार्टीका अध्यक्ष कमल थापामाथी गम्भिर आरोप लगाएकी छन् ।

गिरीले सामाजिक संजाल फेसबुकमा स्टाटस पोष्ट गर्दै अध्यक्ष थापाले पार्टीमा महिला नेतृ कुन्ती शाहीलाई पटक–पटक अवसर दिएपनि उनले पार्टीको हितमा काम नगरेको आरोप लगाएकी छन् ।

पार्टीका कार्यकर्तासंग शाहीले पैसा मागेर भ्रष्टाचार गरेकाले उनलाई कार्वाही गर्न गिरीले अध्यक्ष थापासंग माग समेत गरेकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रिय सदस्य विन्द्रा गिरी

थापाले स्टाटसमा यस्तो लेखेकी छन् ‘मलाई कहिले ब्यक्तिगत कुरा गर्न र लेख्न न परोस् भन्ने लाग्थ्यो अती भएपछि सबैलाई जानकारी गराउन मन लाग्यो । पार्टीमा एकै ब्यक्तिलाई पटक– पटक अबसर दियो । १२ बर्ष महिला को अध्यक्ष,दुई पटक संसद, दुई पटक मन्त्री, दुई पटक सह–महामन्त्री, १ पटक प्रमुख सचेतक, निरन्तर केन्द्रियकार्य संपादन समिति सदस्य र  पार्टीका विभिन्न समितीहरुमा संयोजक ।

आजसम्मको नतिजा ? महिला संगठन जहांको तेहि, सिमित जिल्लामा संगठन जेरो, सधै समानुपातिकमा बस्नुपर्ने,मन्त्री हुंदा पार्टीकै कार्यकर्तासंग सहि गरेको पैसा माग्ने, भ्रस्टाचार गर्ने, पद र पावरको आडमा कार्यकर्ता माथी दुव्र्यबहार गर्ने ? यसैको कारण संसदहरुले पार्टी छोडेर गएका हुन हजारौं दुखः गर्ने कार्यकर्ताले पार्टी छोडेर जानुको कारण यहि हो । नेतृत्वले नैतिक जिम्मेवारी लिएर कार्बाही गर्ने की नगर्ने । ’

केन्द्रिय सदस्य गिरीले आफुले यस बारेमा पार्टीको अध्यक्ष कमल थापाको ध्यानआकर्षण गराइसकेको बताएकी छन् । उनले काठमाडौंपार्टीसंग कुरा गर्दै भनिन् ‘मैले आरोपभन्दा पनि पार्टीमा विधीको कुरा उठाएकी हुं, तर हेरौ अध्यक्षले यसमा सुनुवाई गर्नुहुन्छ की नांई ।’

प्रतिक्रिया दिनुहोस
Advertisement