कांग्रेस नेता शाहद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस

कांग्रेस नेता शाहद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन् ।बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले एमालेको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुखले मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए ।

आज दाबी पेस गरेसँगै शाह दोस्रोपटक मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनी यसअघि १४ महिना मुख्यमन्त्री भएका थिए ।

मुख्यमन्त्री एकीकृत समाजवादीका दीर्घ सोडारीले गत शुक्रबार राजीनामा दिएपछि शाहलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

सुदूरपश्चिमको मुख्यमन्त्रीको दौडमा कांग्रेसबाट प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवा पनि थिए ।