कमल थापाको घोषणा – हिन्दूराष्ट्र पुनःस्थापना नभएसम्म सत्ताको राजनीति गर्दैनौं


काठमाण्डु – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना नभएसम्म सत्ताको खेलमा सहभागी नहुने घोषणा गरेका छन् ।

केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न आयोजित घोषणासभामा उनले राजसंस्था सहितको प्रजातन्त्र र हिन्दूराष्ट्र कायम गराउन टाउकोमा कफन बाँधेर आन्दोलनमा उत्रिएको घोषणा गरे ।

राजसंस्था र हिन्दूराष्ट्रका लागि आ–आफ्नो स्थानमा गएर संघर्षको मैदानमा उत्रिन उनले कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष थापाले ६ महिनाभित्र आफूहरूको लक्ष्य प्राप्त हुने दाबी गरेका छन् ।

काठमाडौंसहित देशका विभिन्न भागमा सभाको आयोजना गर्ने भन्दै उनले तेस्रो जनआन्दोलनमा रूपमा अगाडि बढाउने बताए । आन्दोलनमा सहभागी हुन उनले सबैलाई अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement