भदौ २१ भित्र उम्मेदवारको नाम सिफारिस गर्न राप्रपा नेपालको निर्देशन

भदौ २१ भित्र उम्मेदवारको नाम सिफारिस गर्न राप्रपा नेपालको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कमल थापा नेतृत्वको राप्रपा नेपालले भदौ २१ भित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

राप्रपाको सचिवालय बैठकले आसन्न निर्वाचनको लागि भदौ २१ गतेभित्र संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरी केन्द्रमा पठाउन जिल्ला समितिहरुलाई निर्देशन दिएको हो ।

बैठकले आगामी मंसिर ४ गतेको निर्वाचनलाई दृष्टिगत राखी निर्वाचनपूर्व तयारीका सन्दर्भमा समेत विभिन्न निर्णयहरु गरेको छ । महामन्त्री सुशील श्रेष्ठले प्रस्तुत गरेको मेची–महाकाली राष्ट्रिय स्वाभीमान यात्रा कार्यक्रमलाई समेत बैठकले पास गरेको छ ।

कार्यक्रम अनुसार मेचीको काकडभिट्टाबाट भाद्र ३० गते बिहीबार सुरु हुने मेची(महाकाली राष्ट्रिय स्वाभीमान यात्रा महाकालीको वनबासामा पुगी काठमाण्डु आएर समापन हुनेछ ।

विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिहरुसँग आवश्यक छलफल, परामर्श र वार्ता गर्ने जिम्मेवारी पार्टी उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।