काठमाण्डु – कीर्तिमानी आरोही कामीरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गरेका छन् । ३२औँ पटक सगरमाथा आरोहण गरेर उनले आफ्नै कीर्तिमान भंग गरेका छन् ।
५६ वर्षीय कामिरिताले आइतबार बिहान १० : १२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।
‘एभरेष्ट म्यान’ उपनामले चिनिने उनी सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गरेका छन् ।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।
सेभेट समिट ट्रेक्सले उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाण्डुमा भव्य स्वागत गर्ने तयारी गरेको छ ।
कामिरिताले सन् २०२६ सम्म पर्वतारोहणको क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसकेका छन् । उनलाई नेपालको राष्ट्रिय गौरव मात्र नभई विश्व पर्वतारोहण समुदायकै एक सर्वोत्कृष्ट प्रतीकको रुपमा लिइन्छ ।




प्रतिक्रिया