कञ्चनजंघा आरोहणमा गएका २ भारतीय नागरिकको मृत्यु


काठमाडौं – विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणमा गएका २ भारतीय नागरिकको मृत्यु भएको छ ।

कञ्चनजंघा हिमालको उचाइ ८ हजार ५ सय ८६ मिटर रहेको छ । पर्यटन विभागले आरोहणका क्रममा बुधबार राति भारतीय नागरिकको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्ताल करार रहेको पर्यटन विभागका निर्देशक मिरा आचार्यले बताइन् ।

त्यसैगरी दक्षिण अमेरिकी मुलुक चिलीका रोडरिगो भिभ्यान्को भने हराइरहेका छन् । उनी आरोहण सकेर फर्किने क्रममा चौथो शिविरभन्दा माथीबाट हराएको हुनसक्ने अनुमान गरिएको छ ।

यसैबीच भारतीयहरुको शव शुक्रबार दोस्रो शिविरसम्म ल्याइने र त्यहाँबाट हेलिकप्टरमार्फत काठमाण्डु ल्याइने कम्पनीले जनाएको छ । हराएका रोडरीगोको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement