काठमाण्डु – जल तथा मौसम विज्ञान विभागले यस वर्ष कञ्चनपुरमा नेपालको इतिहासमै ठूलो वर्षा भएको जानकारी दिएको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै विभागले कञ्चनपुरको दोधारा, हनुमाननगर र सुन्दरपुरमा असार २४ गते बिहान मापन गरिएको वर्षाले अहिलेसम्म भएका वर्षाको रेकर्ड तोडेको जनाएको छ ।
विभागले विज्ञप्तिमा भनेको छ, ‘मिति २०८१/०३/२४ गते बिहान ८ः४५ बजे मापन गरिएको प्रारम्भिक तथ्यांकअनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा वर्षा केन्द्रमा ६२४.० मि.मि. (मिलिमिटर), हनुमाननगर वर्षा केन्द्रमा ५७३.६ मि.मि. र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मि.मि. वर्षा भएको थियो ।’
अगाडि भनिएको छ, ‘मापन भएको माथि उल्लेखित वर्षा नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षा हो । यसअघि मिति २०७४/०४/२९ गते (सन् २०१७ अगस्ट १३) हेटौंडा केन्द्रमा सबभन्दा धेरै ५१६.२ मि.मि. वर्षा मापन गरिएको थियो भने भूसंरक्षण विभागको तथ्यांकअनुसार मिति २०५०/०४/०५ गते (सन् १९९३ जुलाई २०) मकवानपुर जिल्लाको टिस्टुङ वर्षा केन्द्रमा ५४०.० मि.मि. वर्षा मापन गरिएको थियो ।’
यस्तो छ विज्ञप्ति –
प्रतिक्रिया