बलिउडकी गायिका कनिका कपुरलाई कोरोना संक्रमण, अस्पताल भर्ना


एजेन्सी – बलिउडकी चर्चित गायिका कनिका कपुर कोरोना भाइरसबाट संक्रमित भएकी छन् । लखनउको एक अस्पतालमा उनको उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

लन्डनबाट भारत आएकी गायिका कनिकामा कोरोना भाइरसको लक्षण देखिएपछि गरिएको स्वास्थ्य परीक्षणपछि उनीमा कोरोना संक्रमित भएको पुष्टि भएको हो ।

मार्च १५ मा लन्डनबाट उत्तर प्रदेशको राजधानी लखनउ आएकी उनले सयभन्दा बढी आफन्त तथा शुभचिन्तकलाई लखनउमा पार्टीसमेत दिएकी थिइन् ।

कनिकाले ‘बेबी डल’, ‘चिटियाँ कलाइयाँ’ जस्ता कैयौं हिट गीत गाएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement