वैवाहिक बलात्कार मुद्दाः निलम्बित न्यायाधीश गिरी डिल्लीबजार कारागार चलान


काठमाण्डु- निलम्बित न्यायाधीश भुवन गिरीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । सोमवार काठमाण्डु जिल्ला अदालतमा हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश गरेको हो ।

अदालतको आदेश अनुसार २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश गरेका थिए ।

सो आदेशपछि उनी जिल्ला अदालतमा आज हाजिर भएका हुन् । पत्नी आरती गिरी रावलले उनीबिरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् । २०७९ चैत २८ मा पक्राउ परेका उनी अदालतको आदेशले रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement