कोमल वलीको सपोर्टमा बोलिन् करिस्मा, रघुजी पन्तको त्यो अभिव्यक्ति सुन्दा दया लाग्यो


काठमाण्डु – अभिनेत्री करिश्मा मानन्धरले नेकपाको प्रचण्ड नेपाल समूहका नेता रघुजी पन्तले सांसद कोमल वलीमाथि गरेको भद्धा टिप्पणीको बिरोध गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत ठुला ठुला विचार बोक्छु भन्ने दावी गरेका हाम्रा राजनीतिक अभिभावकहरुको एक अर्काे प्रति टिप्पणी र प्रतिकार गर्ने शब्द चयन देखेर आश्चर्यमा परेंको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘ठुला ठुला विचार बोक्छु भन्ने दावी गरेका, ठुला ठुला नाम भएका हाम्रा राजनीतिक अभिभावकहरुको एक अर्काे प्रति टिप्पणी र प्रतिकार गर्ने शब्द चयन देखेर आश्चर्यमा परें ।’

उनले यस्ता अभिव्यक्तिहरुमा ठट्यौली मात्र नभई अपराधीक मानसिकता पनि देखिन थालेको बताएकी छन् ।

‘घोच पेच र ठट्यौलीको अभिव्यक्ति हो कि भन्ने भान पनि हुन्थ्यो । अब त हुँदा हुँदा शब्दमा अपराधीक मानसिकता पनि देखिन थाल्यो,’ उनले भनेकी छन्, ‘त्यो अभिव्यक्ति सुन्दा पनि त्यो स्तरको संकीर्ण सोच र तुच्छ भावना बोकेको देखेर सेतै फुलेका बुज्रुकप्रति दया पनि लाग्यो । सुझाव दिन मन लाग्यो ।’

पन्तले भलै कोमलसँग माफी मागीसकेका छन् । तर करिस्माले आफु कोमल वलीको साथमा रहेको बताउँदै नेता पन्तलाई पहिला आफुले आफुलाई सम्मान गर्न सिक्न भनेकी छन् ।

‘पहिला आफुले आफुलाइ सम्मान गर्नुस् ,अनि अरुलाई सम्मान गर्न स्वतह सक्नुहुनेछ । छोरीचेली बारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्नुस्, ताकी समाजले यो सुन्नु पर्दा लज्जा महसुस नहोस्,’ उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement