करिश्मा महानायिका र रेखा थापा सहायक महानायिकाको उपाधिले सम्मानित


काठमाण्डु – अभिनेत्री करिश्मा मानन्धर महानायिकाको उपाधिबाट सम्मानित भएकी छन् ।

एघार वर्षअघि अभिनेता राजेश हमाललाई महानायकको उपाधिबाट सम्मानित गरेको आरके इन्टरटेनमेन्ट ग्रुपले शनिबार काठमाण्डुमा आयोजित आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा करिश्मालाई महानायिका उपाधिबाट सम्मान गरेको हो ।

त्यस्तै गौरी मल्ल नायब महानायिका, रेखा थापा, सहायक महानायिका र साम्राज्ञी राना– उदयीमान महानायिकाको उपाधिबाट सम्मानित भएका छन् ।

१४ वर्षको कलिलो उमेरबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी करिश्माले २०४२ मा फिल्म ‘सन्तान’बाट सिनेमा क्षेत्रमा प्रवेश गरेकी थिइन् । झन्डै तीन दशक फिल्म क्षेत्रमा सक्रिय उनी चर्चा र सफलताको केन्द्रमा रहिन् । ‘मायालु’, ‘कस्तुरी’, ‘ट्रक ड्राइभर’, ‘पन्छी’, ‘साथी’, ‘बसन्ती’ आदि उनका चर्चित फिल्म हुन् ।

कार्यक्रममा करिश्मालाई राजेश हमालले ‘महानायिका’ लेखिएको क्राउन लगाईदिएका थिए । ‘म एक कलाकार हुँ। यसलाई मैले अरू कलाकारहरूले मलाई गरेको सम्मानको रुपमा लिएकी छु,’ करिश्माले सम्मान पाएपछि भनेकी छन्, ‘म जे छु त्यसलाई आत्मसात गरेर सम्मान गर्नुभयो । त्यसमा खुशी छु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement