प्रधानन्यायाधीशमा कार्कीलाई नियुक्ति गर्ने/नगर्नेबारे असार १ गते निर्णय हुने


काठमाण्डु- सदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने नगर्ने भन्नेबारे छलफल भएको छ । सोमबार सिंहदरबारमा बसेको उक्त बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने नगर्ने भन्नेबारे असार १ गते टुंगो लगाउने निर्णय गरेको हो ।

त्यस्तै आज बसेको बैठकमा कार्कीविरुद्ध परेका २९ वटा उजुरीमाथि अध्ययन गर्न समितिका सदस्यहरूलाई फोटोकपी वितरण गरिएको छ । बैठकमा सांसदहरूले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया छिटो टुङ्ग्याउन जोड दिएका छन् ।

कार्की गत वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीशका लागि सिफारिस भएका थिए । प्रधानन्यायाधीशमा प्रस्तावित कार्की ६५ वर्षे उमेरहदका कारण आउँदो २० साउनदेखि अनिवार्य अवकाश पाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement