कर्णाली नदीमा खसेर १ जना बेपत्ता


धनगढी – कैलालीको कर्णाली नदीमा खसेर १ जना बेपत्ता भएका छन् ।

लम्कीचुहा नगरपालिका–३ कर्णाली नदीमा डुंगामा सवार गर्ने क्रममा लडेर ४९ वर्षीय गणेश पोखरेल बेपत्ता भएका हुन् ।

उनको खोजी गर्न प्रहरी सहायक निरीक्षकको कमाण्डमा ७ जना प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement