कर्णाली प्रदेशमा थपिए २९ कोरोना संक्रमित


सुर्खेत – कर्णाली प्रदेशमा २९ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेत, सल्यान र अछामका गरी २९ जनामा कोरोना पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयकाअनुसार सुर्खेतको वीरेन्द्रनगरका ११, सल्यानको दार्मा गाउँपालिकाका १० र अछामका ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का ८ जना पुरुष, ३ का ३ जना पुरुषमा कोरोना भएको जानकारी दिए ।

त्यस्तै सल्यानको दार्मा गाउँपालिका १ का १ जना पुरुष, वडा नम्बर २ र ३ का २र२ जना पुरुष, वडा नम्बर ४ का चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुर्खेतमा स्वाब परीक्षण गरिएका अछामको मंगलसेन नगरपालिका–४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका–४ का ६ जना पुरुष र २ जना महिलामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement