कांग्रेस सह-महामन्त्रीमा रामहरिलाई लोकप्रिय मत, पछ्याउँदै अजयबाबु र डिल्लीराम

कांग्रेस सह-महामन्त्रीमा रामहरिलाई लोकप्रिय मत, पछ्याउँदै अजयबाबु र डिल्लीराम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सह-महामन्त्री पदको मतगणना जारी छ।

निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले सह-महामन्त्रीहरूको अन्तिम मतपरिणाम सोमबार अपराह्नसम्म सार्वजनिक गर्ने योजनासहित गणना भइरहेको जानकारी दिएका छन्।

हालसम्मको मतगणनामा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी अगाडि छन्।

महिलातर्फ प्रतिमा गौतमले अग्रता लिइरहेकी छन्। अन्य समूहको मतगणनासमेत जारी रहेको निर्वाचन समितिले जनाएको छ।

संयोजक खड्काका अनुसार जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना पनि सोमबार सुरु गरिँदैछ।

सह-महामन्त्री खुलाको ताजा अवस्था

अहिलेसम्म दुई हजार ८९ मत गणना हुँदा ओखलढुंगाका खतिवडाले निरन्तर झन्डै दोब्बर मतको अग्रता बनाएका छन्।

१. रामहरि खतिवडा : ९५५
२. अजयबाबु शिवाकोटी : ६९२
३. डिल्लीराम सुवेदी : ५१९
४. देवेन्द्रराज कँडेल : ४१८
५. विकास कोइराला : ३४९
६. अमृतकुमार अर्याल : २०९
७. राजीव ढुंगाना : २०३
८. रमेशप्रसाद धमला : २४७
९. विमलराज क्षेत्री : ७७