कर्णालीमा कोरोना संक्रमितको संख्या १६६३ पुग्यो, ४७ जना थपिए


काठमाडौं – कर्णाली प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले दिएको जानकारीअनुसार पाँच जिल्लाका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १६६३ पुगेको छ । संक्रमितहुनेहरुमा सुर्खेतका ४१, जाजरकोट १, बाँके १, दैलेख २ र रुकुम पश्चिमका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement