कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शाहीले सदनमा सोमबार यससम्बन्धी पत्र दर्ता गराइसकेका छन् । नेकपा (एमाले)को समर्थनमा शाही गत १२ साउनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

दुई दलबीचको मन्त्रालय बाँडफाँडमा केही ढिलाइ भएका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सदनबाट विश्वासको मत लिएपश्चात् मन्त्रिपरिषद् विस्तार गरिने मुख्यमन्त्री शाहीले जानकारी दिए । कुल ४० सदस्यीय प्रदेशसभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) १४ र एमालेका १० प्रदेशसभा सदस्य छन् ।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पनि बुधबार विश्वासको मत लिने तयारी गरेका छन् ।

साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले विश्वासको मत लिने भएका हुन् । मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिनेबारे जानकारी दिएका छन् ।

मुख्यमन्त्री भट्टले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेर विश्वासको मत प्रयोजनका लागि बैठक बोलाइदिन आग्रह गरेका छन् ।

प्रदेशसभा सचिवालयले बुधबार दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको बैठक बोलाएको छ ।