कर्णालीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप


काठमाण्डु – नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

प्रमुख सचेतक गुलाबजंग शाहले विपक्षमा मतदान गर्न एमाले सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय भएको जानकारी दिए ।

प्रदेश सभा बैठक अहिले केहीबेरमा बस्दैछ । दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement