कार्तिकदेखि नेपालमा रेल सञ्चालन हुने


धनुषा – राजधानी काठमाडौँबाट समुद्रसम्म बन्दरगाह पहुँच रहेको कोलकाताबीच रेलसेवा सञ्चालनसँगै यातायात दूरीमा कमी आउने भएको छ। भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास आइपुग्ने रेलसेवाले कोलकाता बन्दरगाहबाट काठमाडौँ आउने मौजुदा दूरी घटाउने भएको हो।

अहिले कोलकाताबाट मालसामान वीरगञ्ज हुँदै काठमाडौँ आउँदै छ भने रेलसेवापछि बर्दिबास हुँदै काठमाडाैं आउँदा मौजुदा दूरी १३० किलोमिटर घट्नेछ भन्ने खबर गाेरखापत्र दैनिकमा छ। तत्कालीन ब्रिटिस इन्डियाले नेपालको जङ्गलबाट काठ ओसार्नका लागि विसं १९९४ मा भारतको जयनगरदेखि महोत्तरीको बिजुलपुरासम्म रेलसेवा सञ्चालनमा ल्याएको थियो।

काठ ओसार्नका लागि सञ्चालनमा ल्याइएको सो रेलसेवाले २०१८ सालदेखि यात्रुवाहक सेवा दिन थालेको हो। कोइला र पानीबाट सञ्चालन हुँदै आएको सो रेलसेवा २०५१ सालमा भारतले सहयोग स्वरूप उपलब्ध गराएपछि डिजेल इन्जिनका रूपमा सञ्चालनमा आएको थियो। जयनगरदेखि बिजुलपुरासम्मको दूरी ५२ किलोमिटर छ।

रेलसेवा निर्धारित समयमै यसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बहुप्रतीक्षित जयनगर–जनकपुर रेलसेवा निर्धारित समयमा नै सञ्चालनमा आउने बताए। उनले कात्तिक महिनाभित्रमा नै सो रेलसेवा सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाइएको जानकारीसमेत दिए। यो रेलसेवा सञ्चालनसँगै दोस्रो विश्वयुद्धभन्दा पहिले नै १९९४ सालमा सुरु भएको नेपालको एकमात्र रेलमार्गले पुनर्जीवन पाउने छ। याे खबर गाेरखापत्र दैनिकमा छ र

प्रतिक्रिया दिनुहोस
Advertisement