कार्यविधी मिचेर प्रधानमन्त्री र उद्योगमन्त्रीका पिएलाई कलकत्ता र जेनेभा पठाउने निर्णय


काठमाण्डु – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले कार्यविधी मिचेर आफ्ना स्वकिय सचिवलाई कन्सुलर(वाणिज्य )पदमा पठाउने निर्णय गरेका छन् । मन्त्री बडुले वाणिज्य अधिकृतका रुपमा स्वकिय सचिव दुर्गा भुसाल र प्रधानमन्त्री कार्यालयमा कार्यरत प्रधानमन्त्रीका नीजि सचिव जनक भट्टलाईलाई कलकत्ता र जेनेभा पठाउने निर्णय गरेका हुन् ।

वाणिज्य मन्त्रालयले यसअघि जेनेभा र कलकत्ता पठाउंनको लागि कार्यविधि बनाएको थियो । जसअनुसार कर्मचारी छनौट गर्न समिति समेत गठन गरिएको थियो । तर, यसपटक भने मन्त्रालयले कार्यविधि लत्याएर मन्त्री र प्रधानमन्त्रीका पिएलाई पठाउने निर्णय गरेको हो ।

वाणिज्य मन्त्रालयमा कर्मचारी छनौट गर्न समिति बनेको छ । उक्त समितिमा उद्योग तथा आपूर्ति मन्त्रालयको प्रशासन हेर्ने सहसचिव संयोजक रहने, सदस्यमा मन्त्रालयकै डब्लुटिओ हेर्ने सहसचिव, द्धिपक्षीय तथा क्षेत्रिय महाशाखा हेर्ने सहसचिव,सामान्य प्रशासन मन्त्रालय र परराष्ट्रमन्त्रालयका प्रतिनिधी सदस्य छन् । तर, समिति नै नबनाएर यसपटक मन्त्री र प्रधानमन्त्रीका पिएलाई ठाडो आदेशमा त्यहां पठाइएको हो ।

यसअघि उक्त समितिले लिखित परिक्षा लिएर कर्मचारी छनौट गर्ने गरेको थियो । तर,यसपटक उक्त कार्यविधिलाई लत्याएर मन्त्री र प्रधानमन्त्रीका पिएलाई पठाइएको हो । यो ठाउं वाणिज्य मन्त्रालयका कर्मचारीका लागि आकर्षक ठाउं हो ।

‘यी ठाउंहरु भनेको वाणिज्य क्षेत्र बुझेका व्यक्तिलाई पठाउने ठाउं हो । तर, मन्त्रिको आदेशमा परिक्षा नै नदिएर ठाडो आदेशमा आफु निकटका व्यक्तिलाई पठाउने निर्णय भएको छ । यसले लामो समयदेखि मन्त्रालयमा काम गरिरहेका मन्त्रालयका कर्मचारीहरुको मनोवल घटाउने काम भएको छ ।’ मन्त्रलाय स्रोतले भन्यो ।

यसअघि वाणिज्य मन्त्रालयबाट जेनेभामा बुद्धि उपाध्याय र कलकत्तामा तर्क भट्ट र त्यसभन्दा अघि मन्त्रालयकै कर्मचारी मिना अर्याल र रामेश्वर पोखरेललाई पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement