राजावादीलाई काठमाण्डु प्रशासनले भन्योः आन्दोलन गरे कारबाही गर्छौं


काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले उपत्यकामा कोरोना भाइरसको संक्रमण फैलिरहेकाले आन्दोलन नगर्न राजावादीहरुलाई आग्रह गरेको छ । केही दिनदेखी राजावादीहरुले काठमाण्डुमा प्रर्दशन गर्दै आइरहेका छन् ।

‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधी जस्तैः सभा, जुलुस, प्रर्दशन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरु संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रमक रोग ऐन, २०२० को विपरित हुने भएकाले त्यस्ता भिडिभाडजन्य गतिविधिहरु नगर्न/नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्याउनुहुन सबैमा हुन अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रशासनले सभा, जुलुस र प्रर्दशन गरेको पाइए स्थानीय प्रशासन ऐन, २०२८ र संक्रमक रोग ऐन, २०२० बमोजिम कारबाही हुने बताएको छ ।

प्रशासनले काठमाण्डु उपत्यका सामान्यतया मानिसहको भिडभाड हुने हुँदा कोरोना संक्रमणको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement