नदी किनार तथा डुबान सम्भावित क्षेत्रबाट आवतजावत नगर्न काठमाण्डु प्रशासनको आग्रह

नदी किनार तथा डुबान सम्भावित क्षेत्रबाट आवतजावत नगर्न काठमाण्डु प्रशासनको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले नदी किनार तथा डुबान सम्भावित क्षेत्रबाट आवतजावत नगर्न आग्रह गरेको छ ।

प्रशासनले शनिबार साँझ सूचना जारी गर्दै नदी किनारमा रहने तथा हिँड्ने व्यक्तिहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

काठमाण्डुका बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, टुकुचा लगायतका खोलाहरूमा जल सतह बढेको छ ।

प्रशासनले विपदजन्य कुनै घटना भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको फोन नम्बर ९८५१३३८३२२ र ९८५११००५५९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।