काठमाण्डु – काठमाण्डु महानगरपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका तीनजना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका तर्फबाट काठमाण्डु–१३, १५ र २४ मा वडाध्यक्ष पदको उम्मेदवार बनेका व्यक्ति एमालेमा प्रवेश गरेका हुन् । १३ का उम्मेदवार रामशरण डंगोल र १५ का रत्नकाजी महर्जन केहि दिनअघि नै एमालेमा प्रवेश गरेका हुन् भने २४ का राजेन्द्र श्रेष्ठ आज एमालेमा प्रवेश गरेका हुन् ।
उनीसहित माओवादी परित्याग गरेका २४ जनालाई एमाले काठमाण्डु जिल्ला सचिव राजेश शाक्यले टीका लगाएर पार्टीमा स्वागत गरे । पार्टी प्रवेशपछि श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा आफ्नो सन्तानलाई जिताउनेबाहेक अरू कार्यकर्ताको संरक्षणमा ध्यान नदिएको भन्दै असन्तुष्टि जनाए ।




प्रतिक्रिया