काठमाण्डु अपडेट : बालेनले ल्याए ४६ हजार ४७६ मत


काठमाण्डु – ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत काठमाण्डु महानगरपालिकाको मत गणना जारी छ ।

कुल १ लाख ३५ हजार ६९३ मत गन्दा काठमाण्डु महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ४६ हजार ४७६ मत ल्याएका छन् । दोस्रोमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २७ हजार ७९९ मत ल्याएकी छन् ।

त्यसैगरी एमालेका उम्मेदवार केशव स्थापितले २६ हजार ८६१ मत ल्याएका छन् । काठमाण्डु महानगरमा १६७००० मत खसेको थियो । अहिले ९ वटा वडाको मत गणना जारी छ । वडा ९, १०, १३, १४, १५, २०, २१, २२, २६ मा मत गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement