महानगरले भत्काउन थाल्यो भोटाहिटीका अवैध संरचना


काठमाण्डु – काठमाण्डु महागरपालिकाले भोटाहिटी-रत्नपार्कको अण्डरपासमाथि रहेका अवैध संरचना भत्काउन थालेको छ । महानगरको अवैध संरचना भत्काउने अभियानअन्तर्गत नगर प्रहरीको टोलीले आइतबार भोटाहिटीका अवैध संरचना भत्काउन सुरु गरेको हो ।

पैदलयात्रु हिँड्ने बाटोमा रहेका सबै अवैध संरचना हटाइने महानगरपालिकाले जनाएको छ । भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियान नै सञ्चालन गरेको महानगरले दैनिक रुपमा हटाउँदै आएको छ ।

यसअघि नयाँ बानेश्वर र शंखमुल क्षेत्र, सुन्न्धरास्थित काठमाण्डु मल, न्यूरोडको आरबी कम्प्लेक्सलगायत स्थानमा डोजरको नै प्रयोग गरी अनधिकृत संरचना हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement