काठमाण्डुमा बालेनको फराकिलो अग्रता, केशव र सिर्जनाबीच कडा प्रतिस्पर्धा


काठमाण्डु- काठमाण्डु महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह फराकिलो मतान्तरले अग्रता कायमै गरेका छन्। ९१ हजार ९७२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार साहले ३३ हजार ६२४ मत प्राप्त गरेका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १५ हजार ४३५ मतान्तरले पछि पारेका छन्। स्थापितले हालसम्म १८ हजार १८९ मत ल्याएका छन्।

त्यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८ हजार ५४ मत ल्याएर तेस्रो स्थानमा छन्। केशव र सिर्जनाको मतान्तर १३५ रहेको छ।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले फराकिलो मतान्तरले अग्रता कायम गरेकी छन्। डंगोलले ३१ हजार ८४२ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १० हजार ९७९ मत प्राप्त गरेका छन्। डंगोलले श्रेष्ठलाई २० हजार बढी मतले अग्रता कायम गरिरहेकी छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement