काठमाडौं महानगरका ३१ कर्मचारीको आरडीटी पोजिटिभ


काठमाडौं – काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) नतिजा पोजिटिभ आएको छ ।

काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापनमा खटिने ३१ जना कर्मचारीमा आरडीटी पोजेटिभ देखिएको हो । महानगरको वातावरण व्यवस्था विभागले शुक्रबार महानगरका सफाई कर्मचारीको आरडीटी परीक्षण गरेको थियो ।

महानगरका जनस्वास्थ्य शाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्यले उनीहरुको स्वाब पीसीआर विधिबाट परिक्षण गर्न पठाइएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement