काठमाण्डु मेडिकल कलेजमा संक्रमितलाई चर्को शुल्क


काठमाण्डु – काठमाण्डु मेडिकल कलेज (केएमसी) सिनामंगलले कोरोना संक्रमितहरुको उपचारका लागि नयाँ शुल्क कायम गरेको छ ।

अस्पतालले क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, डबल बेडको १० हजार, क्याबिन डिलक्सको २५ हजार र सुपर डिलक्सको ३० हजार शुल्क तोकेको छ ।

कोरोना संक्रमतिको उपचारमा अस्पतालले नयाँ शुल्क तोकेकोप्रति सर्वसाधारणले आपत्ति जनाएका छन् । अस्पतालले मनलाग्दी शुल्क बढाएको भन्दै अहिले सामाजिक सञ्जालमा तिब्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement