‘काठमाडौँ तराई-मधेस द्रुतमार्ग’को काम समयमै पूरा गर्न रक्षामन्त्री पोखरेलले दिए सेनालाई निर्देशन


काठमाडौं- रक्षामन्त्री ईश्वर पोखरेलले बहुप्रतिक्षीत राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराईरमधेस द्रुतमार्ग’ समयमै काम पूरा गर्न निर्देशन दिएका छन् ।

आज  ‘काठमाडौँ तराईरमधेस द्रुतमार्ग’ को स्थलगत अवलोकन गरी उनले सेनालाई सो निर्देशन दिएका हुन्  । आयोजना चार वर्षभित्र सक्ने लक्ष्य लिइएको छ ।

मन्त्री पोखरेलले सो आयोजना मुलुकको समृद्धिका लागि अत्यावश्यक भएकाले आवश्यक पर्ने सबै स्रोत सामग्री जुटाउन तथा आइपर्ने समस्या फुकाउन नेपाल सरकार तयार रहेको बताए ।

ललितपुरको खोकनाबाट बाराको निजगढसम्म ७६ दशमलव २ किमी रहेको दक्षिण एसियालीस्तरको हुने सो मार्गको प्रगति बुझ्न मन्त्री पोखरेलसहित रक्षा मन्त्रालयका सचिव विनोद केसी, वन तथा वातावरण मन्त्रालयका सचिव युवकध्वज जिसी, नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा र आयोजना प्रमुखसहितको टोली त्यस क्षेत्रमा पुगेको थियो ।

मन्त्री सहितको टोलीले निजगढ, बुदुने, लेनडाँडा, सिस्नेरी र मख्खुबेँसीस्थित सेनाको बेसक्याम्प र आसपासका क्षेत्रमा हवाई र पैदलमार्गबाट अवलोकन गरेको थियो ।

अबलोकनपछि मन्त्री पोखरेलले निजगढका स्थानीयबासीलाई आयोजनालाई प्रतिकूल असर पुग्ने कार्य नगर्न  आग्रह गरेका थिए ।

सेनाले हालसम्म आठ स्थानमा स्थायी बेसक्याम्पस निर्माण, रुख छपान र कटान, सडक निर्माण, सर्भिस ट्रयाक निर्माण, स्थानीयबासीलाई क्षतिपूर्ति र राहत वितरण तथा अन्य कार्य शुरु गरिसकेको छ ।

नेपाल सरकारले २०७४ वैशाख २१ को मन्त्रिपरिषद्को निर्णयबाट सो आयोजना निर्माणको जिम्मा सेनालाई दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement