अनशनरत डा. केसीले काठमाण्डु आउन नमानेपछि सेनाको स्काइ ट्रक रित्तै फर्कियो


काठमाण्डु – कैलालीको धनगढीमा स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै अनसनमा बसिरहेका डा. गोविन्द केसीले उपचारका लागि काठमाण्डु आउन अस्वीकार गरेका छन् ।

पछिल्लोपटक ९ दिनदेखि धनगढीमा अनसन बसिरहेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत उनलाई काठमाण्डु ल्याउने तयारी गरिएको थियो ।

तर, डा. केसीले उचारका लागि काठमाण्डु आउन अस्वीकार गरेका हुन् । डाक्टर केसीले आफ्ना माग पूरा नभएसम्म धनगढीमै अनसन बस्ने अडान राखेको डाक्टर केसीको उपचारमा सम्लग्न सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्टेण्ट फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए ।

‘रक्तचाप घटेर ४० मा पुगेको छ,’ कमरले भने, ‘सुगरको मात्रा धेरै कम छ, आमाशयबाट रगत बगिरहेको छ, यस्तोमा उहाँलाई सेतीमा उपचार दिन सम्भव छैन’ । उनलाई लिन गएको नेपाली सेनाको स्काई ट्रक उनले काठमाण्डु नआउने  अडान लिएपछि धनगढीबाट फर्केको जनाइएको छ ।

स्वास्थ्य क्षेत्र सुधारका लागि भन्दै ७ बुँदे माग राखेर २७ भदौमा धनगढीस्थित गीता सतसंगको धर्मशालाबाट डाक्टर केसीले २०औं अनसन सुरु गरेका थिए । २९ भदौमा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । प्रमुख जिल्ला अधिकारी किरण थापाले भने दिन ढल्कदै गरेका कारण केसीलाई भदौ लैजान समस्या हुने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement