कोभिडबाट नेपाली सेनाका जर्नेलको निधन


काठमाण्डु – नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ । सेनाको छाउनिस्थित सैनिक अस्पताल उपचाररत उनको बिहीबार बिहान निधन भएको सेनाले जनाएको छ ।

केसी सेनाको १३ नम्बर बाहिनीका बाहिनीपती थिए । उनको एक महिनादेखी उपचार जारी थियो । केसी केही महिनाअघि मात्र बंगलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेर नेपाल फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement