अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, काठमाण्डु ल्याउने तयारी


काठमाण्डु- कैलालीको धनगढीमा स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै अनसनमा बसिरहेका डा. गोविन्द केसीको स्थास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

पछिल्लोपटक ९ दिनदेखि धनगढीमा अनसन बसिरहेका डा. केसीको स्वास्थ्यमा समस्या देखिए पछि थप उपचारका लागि काठमाण्डु ल्याउने तयारी गरिएको हो ।

उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाण्डु ल्याउने तयारी भइरहेको छ । उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएपछि काठमाण्डु पठाउन सुझाव दिएका थिए ।

धनगढीस्थित गीता सत्संग समितिको धर्मशालामा अनसन बसेका केसीलाई गएको बुधवार स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement