दिल्लीका मुख्यमन्त्री केजरीवाललाई अन्तरिम जमानत, लोकसभा चुनाव प्रचार गर्न पाउने


काठमाण्डु – भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।

शुक्रबार सर्वोच्च अदालतका २ न्यायाधीशको इजलासले उनलाई २ जुनमा उपस्थित हुन आदेश दिँदै जमानत दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

२१ मार्चदेखि हिरासतमा रहेका केजरीवालले अब २ जुनसम्म लोकसभा चुनाव प्रचार गर्न पाउने छन् ।

अन्तरिम जमानत दिँदा अदालतले केजरीवालको गिरफ्तारीलाई चुनौती दिने सम्पूर्ण मुद्दाको सुनुवाइ चाँडै टुंगिने जनाएको छ ।

अदालतले केजरीवाललाई छिट्टै रिहा गर्नका लागि जेल प्रशासनमा जमानत बुझाउनुपर्ने भनेको छ । केजरीवाल २१ मार्चमा पक्राउ परेका थिए । उनलाई दिल्लीको मदिरा नीति घोटाला प्रकरणमा ईडीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement