पूर्वराजाले तारिफ गरेपछि केकी दंग, भन्छिन् : मलाई चिन्छु भन्नुभयो !


काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहसँग नायिका केकी अधिकारीको अप्रत्याशित भेट भयो । पूर्वराजालाई पत्यक्ष रुपमा भेट्न पाउँदा उनी झनै दंग गरिन् ।

यति मात्र होइन शनिबार राति ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स नेपाल रेस्टुरेन्टमा पुगेका ज्ञानेन्द्रले केकीलाई तारिफ गरेपछि उनको खुसीको सिमा नै रहेन ।

भेटमा पूर्वराजाले भने, ‘म केकीलाई चिन्छु, उहाँको फिल्म पनि हेरेको छु ।’ यति भनिसक्दा केकी झनै खुसी भइन् । उनले आफ्नो खुसी साट्दै भनिन्, ‘उहाँले मलाई चिन्छु र चलचित्र पनि हेरेको छु भन्नुभयो, मलाई त अचम्म लाग्यो । मेरा लागि एउटा कलाकारका लागि त्यती भन्नु पनि ठूलो कुरा हो ।’

केकीले पूर्व राजाले आफूहरुसँग सौहार्दपूर्ण वातावरणमा सहज तरिकाले तस्बिर पनि खिचेको बताइन् । उनले भनिन्, ‘एलओडीमा आएका सबैसँग उहाँहरु सौहार्दपूर्ण ढंगले हेलमेल भइरहनुभएको थियो । न उहाँहरुलाई कुनै सुरक्षाको भय जस्तो देखिन्थ्यो न कुनै दम्भ नै ।’

प्रतिक्रिया दिनुहोस
Advertisement