काठमाण्डु – नेकपा एमालेबाट काठमाण्डु महानगरको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेकाे भए माफी मागेका छन् ।
काठमाण्डुमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो अभिव्यक्ति र लेखाइबाट कसैलाई चोट पुगेको भए माफी चाहेकाे बताएका हुन् । ‘मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको सुनेँ । कसैलाई मेरो अभिव्यक्ति र लेखाइले चोट पुगेको भए माफी चाहन्छु,’ स्थापितले भने ।
आफू निर्वाचित भएमा दलित र अपांगता भएका विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने उनले बताए । त्यसैगरी उनले काठमाण्डुको फोहोर मैला एक वर्षभित्र तह लाग्ने दावी गरे । ‘एक वर्षमा काठमाण्डुको फोहोर मैला तह लाग्छ । यो कुराको केही दिनमै महशुस हुन्छ’




प्रतिक्रिया