काठमाण्डु– त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । बिहीबार कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बरालको राजीनामा स्वीकृत गरेका हुन् ।
बरालले १५ चैतमा सहयोगीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका थिए ।
सङ्क्षिप्त राजीनामापत्र लेखेर प्रधानमन्त्री कार्यालय पठाएपछि उपकुलपति बराल काठमाण्डू छोडेर पोखरास्थित आफ्नो घर पुगेका थिए।
राजीनामा बुझाएको १२ दिनपछि बरालको राजीनामा स्वीकृत भएको हो । बरालको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको हस्तक्षेप र सरकारको असहयोगका कारण बराललाई राजीनामा दिन बाध्य पारिएको उनी निकटस्थ प्राध्यापक बताउँछन् । बरालले भने काम गर्ने वातावरण नभएकाले पद त्याग गरेको जनाउँदै विस्तृत कारण राजीनामाको टुंगो लागेपछि खुलाउने बताउँदै आएका छन् ।
प्रतिक्रिया