शाहरुख खानको ‘डङ्की’ र प्रभासको ‘सलार’- कमाईमा कुन फिल्म अगाडि ?


एजेन्सी- शाहरुख खानको फिल्म ‘डङ्की’ र प्रभासको फिल्म ‘सलार’को रिलिज मितिमा एक दिनको अन्तर थियो । तर, अहिले सालार आम्दानीका हिसाबले अगाडि बढेको देखिन्छ ।

फिल्म डङ्की २१ डिसेम्बर र सालार २२ डिसेम्बरमा रिलिज भएको थियो । यी चलचित्रका निर्माताले तीन दिनको कमाईको तथ्यांक सार्वजनिक गरेका छन् ।

आइतबार साँझ फिल्म डङ्कीको निर्माण कम्पनी रेड चिलीज इन्टरटेनमेन्टले सेयर गरेको ट्विट अनुसार डङ्कीले तीन दिनमा विश्वभर १५७ करोड भारु कमाएको छ ।

बक्स अफिस डाटा उपलब्ध गराउने वेबसाइट स्याकनिल्कका अनुसार डङ्कीले चौथो दिन भारतका सबै भाषामा ३१ करोड रुपैयाँ कमाएको छ ।

सालारको अफिसियल ह्यान्डलबाट जारी गरिएको तथ्यांक अनुसार फिल्मले रिलिजको पहिलो तीन दिनमा विश्वभर ४०२ करोड कमाएको छ ।स्याकनिल्कको अनुसार फिल्म सालारले भारतमा तीन दिनमा २०९ करोड भारु कमाएको छ।

वर्ष शाहरुख खानको फिल्म पठान र जवानले धेरै कमाइ गरेको थियो । यी फिल्मको कमाईको तुलनामा डङ्कीको प्रारम्भिक कमाई कम देखिएको छ । समीक्षकहरूले डङ्की र प्रभास दुवै फिल्मलाई धेरै राम्रो स्टार दिएका छैनन्।

प्रतिक्रिया दिनुहोस
Advertisement