खाडी मुलुकमा कार्यरत नेपाली राजदूतहरुबीच भिडियो कन्र्फेन्समार्फत छलफल


काठमाडौं– खाडी मुलुकमा कार्यरत नेपाली राजदूतहरुबीच भिडियो कन्र्फेन्समार्फत छलफल भएको छ ।खाडी क्षेत्रका मुलुकहरुमा नेपाली नागरीकहरुले भोगेका समस्याका साथै कोरोना भाइरसको संक्रमणका कारण यसक्षेत्रमा रहे बसेका नेपालीहरुमा परेको प्रभाव र भावी कार्ययोजनाका विषयमा राजदूतहरुबीच छलफल केन्द्रित भएको थियो ।

उक्त कन्र्फेन्सको संयोजन ओमानका लागी नेपाली राजदूत शर्मिला पराजुलीले गरेकी थिईन । भिडियो कन्र्फेन्समा यूएईका लागी नेपाली राजदूत कृष्ण ढकाल, कतारका लागी राजदूत नारद भारद्धाज, कुवेतका लागी नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी र साउदीका नेपाली राजदूत डाक्टर महेन्द्र बहादुर सिंह राजपुत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement