परराष्ट्रमन्त्री खड्का र चिनियां राजदूतबीच सिंहदरवारमा भेटवार्ता,के भयो कुराकानी ?


काठमाण्डु— परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई भेट्न चिनियां राजदूत सोमबार परराष्ट्र मन्त्रालय पुगेकी थिइन् ।

सत्तारुढ दलकै सांसदहरुबाट चीनसंग सीमा बिवाद भएको गुनासो आएपछि सरकारले छानविन समिति बनाएर रिपोर्ट समेत समितिले सरकारलाई बुझाइसकेको छ । यही बेला चिनियां राजदूतले खड्कासंग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

परराष्ट्र मन्त्रालयले भेटमा खड्का र राजदूत होउबीच द्विपक्षीय हित र कोरोना भाइरसविरुद्धको खोपको सम्बन्धमा पनि सहकार्य गर्ने विषयमा छलफल भएको जनाएको छ । तर, सीमाको विषयमा छलफल भए नभएकोबारे भने मन्त्रालयले कुनै जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement