नेपाली कांग्रेसका नेता खड्का परराष्ट्रमन्त्री बन्ने निश्चित


काठमाण्डु– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्का परराष्ट्रमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गरेको उनि निकट स्रोतले दावी गरेको छ ।

परराष्ट्रमन्त्रीमा माओवादी नेता नारायणकाजी श्रेष्ठ र जसपाका अध्यक्ष उपेन्द्र यादवले दावी गरेपनि अन्तिममा खड्कालाई नै उक्त जिम्मेवारी दिने टुंगो लागेको हो ।

उनि यसअघि शहरी विकासमन्त्री थिए । खड्का उदयपुरबाट निर्वाचित सांसद हुन । भारतको पुनेबाट पीएचडी गरेका खड्का राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement